You are viewing the translated version of राप्तीदून जग्गा बिक्री वितण कमिशनबाट जारी गरिएको सूचना.
Schedule 1
राप्तीदून जग्गा बिक्री वितण कमिशनबाट जारी गरिएको सूचना
अनुसूची–१
(नियम ३(१) सँंग सम्बन्धित)
राप्तीदून जग्गा बिक्री वितण कमिशनबाट जारी गरिएको सूचना
प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ र २०२० साल पौष १९ गते रोज ६ का मितिदेखि साविकको कमिशनको आदेश बमोजिम बिक्री वितणमा जग्गा प्राप्त नगरी पूर्जा सम्म पाएका सो नियम वा आदेश बमोजिम जग्गा बिक्री वितरणमा नपाई त्यसै जग्गामा बसोबास गरी भोग गरिआएका सबै व्यक्तिहरूले यसैसाथ संलग्न अनुसूची–२ बमोजिमको ढाँचामा यो सूचना जारी भएको ६० (साठी) दिनभित्र सबै कुरा खोली यस कमिशनको कार्यालयमा फाँटवारी दाखिल गर्न सूचित गरिएको छ । फाँटवारी दाखिल नगर्नेको सम्बन्धमा ऐन बमोजिम कारवाई हुनेछ ।
अड्डाको छाप ः ( )
मिति ः– राप्तीदून जग्गा बिक्री वितरण कमिशन